पूर्वमन्त्री केसीविरुद्ध अख्तियारमा उजुरी



०१ पुष २०७६, काठमाडौं

पूर्वमन्त्री बलबहादुर केसीविरुद्ध उजुरी परेको छ।

भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै केसीविरुद्ध सल्लेरी निवासी नारायण निरौलाले अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी दर्ता गरेका हुन्। विसं २०४८ सालबाट सोलुखुम्बुको प्रतिनिधित्व गरेका केसी सांसद तथा मन्त्रीसमेत बनिसकेका छन्।

उजुरीमा केसीले अकुत सम्पत्ति आर्जन गरी अवैध किसिमबाट कमाएको सम्पति लुकाउन आफ्ना दाजुभाई, दिदीबहिनी तथा अन्य नातेदारसमेतको नाममा साविकको गाविस र महानगरपालिकाको विभिन्न वडामा घरजग्गा किनेको उल्लेख छ।

उनको सार्वजनिक पद धारण गर्नुभन्दा पहिलेको आर्थिक हैसियत घर खर्च पनि चलाउन नसक्ने अवस्था रहेको र सांसद तथा मन्त्री भएपछि एकाएक करोडौंको सम्पत्ति जोडेको भन्दै स्थानीयले उजुरी दर्ता गरेका हुन्।

समाचार आजको राजधानी दैनिकमा छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्