नेकपा स्थायी समिति बैठक आज पनि



०१ पुष २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक मंगलबार (आज) पनि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको छ।

बैठक बिहान ११ बजेबाट शुरु भएको हो। एक वर्षपछि बसेको नेकपाको स्थायी समिति बैठक आइतबार शुरु भएको थियो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का अनुसार सोमबार (हिजो)को बैठकमा १२ जना स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेका थिए।

श्रेष्ठका अनुसार सोमबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा १२ जना स्थायी समिति सदस्यहरुले सुझावसहित आ–आफ्नो धारणा राखेका हुन्।

स्थायी समितिका सदस्यहरुले संगठन सुदृढिकरण तथा सरकारको कामकारबाहीलाई लिएर आलोचनात्मक टिप्पणी तथा सुझाव दिएको एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्