योनी किन चिलाउँछ? मुक्त हुन यसो गर्नुहोस्….



३० मंसिर २०७६, काठमाडौं

महिलाको यौन अंग हो योनी। यसको स्वास्थ्यको चिन्ता हर महिलाहरुलाई हुन्छ। तर कहिले–काहीँ ख्याल गर्दागर्दै पनि विभिन्न समस्याहरु उत्पन्न हुन्छन्। यस्तै समस्यामध्ये एक हो–योनी चिलाउनु।

अधिकांश महिलाहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा योनी चिलाउने समस्याबाट गुज्रिएका हुन्छन्। कहिले–काहीँ यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने कदापी राम्रो मानिदैन।

योनि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ। ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावी यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ।

अझ, जानकार हुनुहोस् योनी चिलाउनुको कारण

तनाव

झट्टा सुन्दा अचम्म लाग्ला तर यो कुरा सहि हो। तनावका कारणले पनि योनी चिलाउँने समस्या उत्पन्न हुन्छ।

यिस्ट संक्रमण

योनीमा यिस्ट इन्फेक्सनको कारणले पनि योनि चिलाउने समस्या उन्पन्न हुन्छ। यिस्ट इन्फेक्सन हुँदा योनी वरिपरि सेतो दही जस्तो ढुुसी जम्मा हुन थाल्छ।

जसको कारण योनी चिलाउँछ।

सुख्खा छाला

सुख्खा छाला भएको व्यक्तिमा पनि योनी चिलाउने समस्या बढी हुन्छ। छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनी वरिपरिको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ।

यौन संक्रमण

धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभई योनी चिलाउने समस्या पनि शुरु हुन सक्छ।

यी बाहेक योनीमा हुने संक्रमण, चोटपटक, महिनाबारी बन्द हुनु इत्यादि जस्ता कारणहरुले गर्दा पनि योनी चिलाउने समस्या हुन सक्छ।

योनी चिलाउने समस्याबाट मुक्त हुने यी उपायः

-सबैभन्दा पहिले त के कारणले गर्दा योनि चिलाएको हो त्यो थाहा पाउन जरुरी छ। यदि धेरै जनासँग यौन सम्पर्कले यस्तो समस्या भएको हो भने सबैभन्दा पहिले त्यस्तो कार्य बन्द गर्नु पर्दछ।

-कुनै रसायनिक पदार्थको प्रयोगबाट जस्तैः पर्फुमको प्रयोगले इस्तो समस्याको उत्पन्न भएको भने त्यस्तो कार्य गर्नुहुँदैन।

-बास्नादार टावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छोड्नुपर्छ।

-सुतीको पेन्टी मात्र प्रयोग गर्ने र चिलाईको नभएसम्म राती सुत्दा पेन्टी लगाउनु हुँदैन।

-योनी चिलाउन समस्या निको नभएसम्म यौन सम्पर्क नराख्ने र राख्नै परे कन्डमको प्रयोग गर्ने।

-योनी सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने चिल्लोको प्रयोग गर्ने।

-यौन अंग सधैँ राम्रोसँग सफा गर्ने।

प्रतिक्रिया दिनुहोस्