शरिरका लागि छाला साघुँरो भएको ‘निशा’की जीवन कथा!



३० मंसिर २०७६, काठमाडौं

निशालाई दुर्लभ प्रकारको छालाको समस्या ल्यामेरल इख्थासेसिस भएको छ। यो समस्याले छालामा कत्ला पर्ने र बारम्बार छालाको पत्र निस्कने गर्दछ।

उनको शरिरमा छाला अट्दैन वा छाला सानो भएको छ। त्यसैले, उनको छाला चर्किने र टुक्रिने भईरहन्छ। जुन कहिले–काहीँ असाध्यै पिडादायी भएको उनको अनुभव रहेको छ।

जब उनी एक हप्ताकी थिइन् उनका बुवाआमाले उनलाई दक्षिणी भारतको कर्नाटका राज्यको बेङ्गलुरुस्थित एक अनाथालयमा ल्याएर छोडिदिएका थिए।

यो अवस्थाकी ती बच्चीलाई कसैले पनि आफूसँग राख्न चाहेनन्। यसरी सबैबाट अपहेलित भईसकेपश्चात् त्यहिँ अनाथालयमा कार्यरत एकजना डाक्टरले निशालाई आफ्नो घर लाने निर्णय गरिन्।

डाक्टरका अनुसार, उनले पहिलो पटक निशालाई देख्दा उनको आँखा छोप्ने छाला थिएन। उनको आँखाबाट पूरै रगत बगिरहेको थियो। उनको छाला पनि नराम्रो अवस्थामा थियो।

तर  निशा यस्तो चुनैतिका बिच पनि उनको जिवनप्रतिको दृटिकोण सधैँ सकारात्मक छ। उनी आफ्नो अवस्थामा दुःखी भएर कहिल्यै भएर बस्दिनन्। उनी सधैँ मुस्कुराइरहन्छिन्।

उनी आफुलाई कहिल्यै समस्या भएको बिरामीको रुपमा हेर्दिनन्। उनी आफूमा दुःखी हुनुपर्ने कारण छ भन्ने पनि सोच्दिनन्। उनको जिवन यसरी नै बितिरहेको छ।

फाइल तस्वीर

 

प्रतिक्रिया दिनुहोस्