धनुषा बम काण्डः पक्राउ परेका २ जनाले मृतकलाई ४६ लाख तिर्नुपर्ने तथ्य फेला



३० मंसिर २०७६, काठमाडौं

धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश शाहलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने तथ्य फेला परेको छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा शुक्रबार राति टाइमबम विस्फोट हुँदा राजेश शाह, उनका छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको थियो।

पक्राउ परेकी सीता महरा भने प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँग आबद्ध रहेको पनि खुल्नमा आएको छ। चर्को ब्याज तिर्नुपर्ने भएपछि उनले शाहविरुद्ध आफ्नो भूमिगत संयन्त्र परिचालन गरेको हुन सक्ने प्रहरी आशंका छ।

यो पनि पढ्नुस् है:

धनुषामा बम विस्फोट हुँदा प्रहरीसहित ३ को मृत्यु, २ गम्भीर घाइते

बम विस्फोट हुदाँ बाबु छोरा सहित प्रहरी अधिकृतको मृत्यु !

धनुषा बम काण्डः …अनि पड्कियो त्यो रातो झोला

धनुषा बम काण्ड फलोअपः तीनजना प्रहरीको नियन्त्रणमा

‘घटना रिसइबी र आर्थिक लेनदेनका कारण भएको आशंकामा अनुसन्धानलाई फराकिलो बनाएका थियौं,’ स्रोतको भनाई उल्लेख गर्दै कान्तिपुरले समाचार सम्प्रेषण गरेको छ। “त्यही क्रममा पक्राउ परेका लतिफ र सीताले क्रमसः ४१ लाख र पाँच लाख रुपैयाँ राजेशलाई तिर्नुपर्ने तथ्य र प्रमाण भेटिएको हो।” शाहले ३६ प्रतिशत ब्याजमा रकम लगानी गरेको स्रोतले बताए पनि अनुसन्धानलाई असर पुग्ने भन्दै प्रहरीले यसबारे औपचारिक रूपमा केही बताएको छैन।

‘सीताले पाँच लाख रुपैयाँको साँवा/ब्याज गरी १२ लाख तिर्ने गरी सापटी लिएको देखियो,’ स्रोतले भन्यो, ‘लतिफले राजेशलाई एकमुस्ट ४१ लाख तिर्नुपर्ने कागज गरेको पनि भेटियो ।’

 

प्रतिक्रिया दिनुहोस्