नेकपा स्थायी समिति बैठक शुरु



३० मंसिर २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा शुरु भएको छ।

एक वर्षपछि हिजोबाट शुरु भएको नेकपाको स्थायी समिति बैठक सोमबार बिहान करिब ११ बजे धुम्बाराहीमा शुरु भएको हो। आजको बैठकमा हिजो अध्यक्ष्य ‘प्रचण्ड’ले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। नेकपाले यसअघि आज स्थायी समिति बैठक सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो। यद्यपि, लामो समयपछि बैठक बसेको हुनाले केही दिन लम्बिन सक्ने पनि नेताहरुले बताएका छन्।

बैठकमा महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि पनि छलफल हुनेछ। यसैगरी नेपाल–भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठक लगायतका एजेण्डामा आजको स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ। यस्तै आजकै बैठकमा सरकारको काम कारबाही, राजनीतिक घटनाक्रम, वर्तमान अवस्था र पार्टीको आगामी कार्यदिशालगायतका विषयमा पनि छलफल हुनेछ।

हिजोको बैठकको शुरुमै स्थायी समिति सदस्यहरुले लामो समयसम्म स्थायी समिति बैठक नबस्नुको कारणबारे धारणा मागेका थिए। त्यसपछि अध्यक्षले आत्मालोचना गरेका थिए। ३/३ महिनामा स्थायी समिति बैठक बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बसेको हो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्