कलाकारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



३० मंसिर २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

ओलीले सोमबार बिहान समाजिक सञ्जाल ट्विटरमा बितेको दुई दिनमा देशले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका हुन्। दिवंगत भट्टराई र क्षेत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दे उनले परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्री ओलीले कलाकारद्वयको कला सधैं स्मृतिमा रहने बताएका छन्। “बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमायौं। उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ। हार्दिक श्रद्धाञ्जली! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ उनले भनेका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्