यस्ता छन्,चिसोमा सुन्तला खानुका फाइदाहरु!



२९ मंसिर २०७६, काठमाडौं

कतिपयः मानिसको जाडोमा सुन्तला खानुहुँदैन भन्ने धारणा छ। तर चिसो मौसमसँगै चिसो ठाउँमा फल्ने सुन्तलाको महत्व नै बेग्लै हुन्छ। सुन्तला स्वादको लागि मात्रै नभई स्वास्थ्यको हिसाबले पनि उत्तिकै लाभदायिक मानिन्छ।

अधिकांश मानिसहरु सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन्। सुन्तला भिटामिन ‘सी’ प्रमूख स्रोत हो। भिटामिन चक्कीको साट्टो सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले निकै फाईदजनक हुन्छ।

बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ।

दैनिक सुन्तला खानाले विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ। यसले मृगौलाको पत्थरी हुनबाट बचाउन सक्छ। दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई पनि निकै फाईदा पुर्याउँछ।

त्यस्तै, डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ। यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ।

अझ्, जाान्नुहोस् सुन्तलाको अनेकौं फाईदा:

क्यान्सरको जोखिम घटाउँछ

सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाईने भएकाले यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ।

मृगौला स्वस्थ राख्छ

सुन्तला खाइरहने गर्नाले मृगौलासम्बन्धि रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन।

कलेजो जोगाउँछ

सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ। जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ।

कोलेस्टरोल घटाउँछ

सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ। यसले शरिरमा कोलेस्टरोलको मात्रा घटाउँछ।

मुटु बलियो बनाउँछ

सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन्। जसले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुर्याउछ। पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ। जुन सुन्तला खानाले रोकिन्छ।

भाइरल इन्फेक्सन हटाउँछ

सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्। यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन्।

कब्जियत खुलाउँछ

कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुहोस्, दिसा खलास हुन्छ। यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ।

आँखा तेजिलो बनाउँछ

सुन्तलामा पाइने भिटामिन ‘ए’ क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन्।

रक्तचाप नियन्त्रण गर्छ

सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्दछ।

छालाको सुरक्षा गर्छ

सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ। यो उत्तम एन्टी अक्सिडेन्ट हो। यसले छालालाई चम्किलो बनाउँछ।

प्रतिक्रिया दिनुहोस्