धनुषा बम काण्ड फलोअपः तीनजना प्रहरीको नियन्त्रणमा



२९ मंसिर २०७६, काठमाडौं

धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान जाने गरी शुक्रबार राति भएको बम विष्फोट घटनामा अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

शंकाको आधारमा घटनाबारे सोधपुछको लागि दुईजना महिला र एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए।

धनुषामा बम विस्फोट हुँदा प्रहरीसहित ३ को मृत्यु, २ गम्भीर घाइते

घटना छानबिनका लागि प्रहरी निरिक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय टोली गठन गरिएको छ। स्थानीयहरुले प्रहरीले झोलामा राखिएको बम हटाउन जाँदा विष्फोट भएको भन्दै आएपनि प्रहरीले भने यसलाई अस्वीकार गरेको छ।

बम विस्फोट हुदाँ बाबु छोरा सहित प्रहरी अधिकृतको मृत्यु !

घटनामा गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार बिहान ७ बजे मृत्यु भएको थियो।

धनुषा बम काण्डः …अनि पड्कियो त्यो रातो झोला

बम विस्फोटमा घरमूली राजेश्वर शाह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्