नेकपा सचिवालय बैठक सकियोः ५ वटा कार्यसूची तय



२९ मंसिर २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले दिउँसो बस्ने पार्टीको स्थायी कमिटी बैठकका लागि पाँचवटा एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताए।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन स्थायी कमिटीमा लैजाने, विधान संशोधन, अर्को केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्