मिस पुर्वान्चलको नेपालआईस मिस मल्टिमेडिया



२८ मंसिर २०७६, धरान

आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै  प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणमा  नेपालआईस मिस  मल्टिमेडियाको प्रतिस्प्रधीहरु बीच प्रतिस्प्रधा गराईएको छ ।

नेपालआईस मिस  मल्टिमेडियाको लागि आयोजक सिल्भर इन्टर टेनमेन्टको आधिकारिक युट्युब च्यानल www.youtube.com/silverentertainmentse मा रहेको प्रतियोगीहरुको प्रोफाइल भिडियोको बढी भ्युजको आधारमा नेपालआईस मिस  मल्टिमेडियाको टाइटल सहित नगद रु १५ हजार पुरस्कार पाउनेछन् । मिस पुर्वान्चलको चौथो संस्करण देखि  नेपाल आइस बियर  को उत्पादक सिजी ब्रुअरी प्रा . लि  मुख्य -प्रायोजक रहदै आएको  छ।

यो बर्ष मिस पुर्वान्चलको दसौ संस्करणमा धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत , सुष्मिता बराईली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशि बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु , रतुवामाई  – इटहराबाट बिपना तामांग , उर्लाबारीबाट मिलिमा श्रेष्ठ ,इटहरीबाट गोमा  बिस्वकर्मा , निशा धिताल ,अस्मिता लिम्बु ,  वर्षा श्रेष्ठ ,  प्रिजनी नेपाल .खोटांगबाट एन्जल राई , पथरीबाट रिजु भट्टराई , रेजिना राई ,र धनकुटा बाट रेश्मा राई र अन्जु बूढाथोकी  प्रतिस्प्रधी रहेका छन् । सिल्भर इन्टर टेनमेन्टको आयोजक रहेको मिस पुर्वान्चल २०१९ को  सबै प्रतिस्प्रधिहरू  फिनालेको लागि प्रसिक्षणमा ब्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्