बम विस्फोट हुदाँ बाबु छोरा सहित प्रहरी अधिकृतको मृत्यु !



२८ मङ्सिर २०७६,धनुषा

धनुषामा शुक्रबार राति बम विस्फोट भएको छ ।

बम विस्फोटन हुदाँ बाबु छोरा सहित एक जना प्रहरी अधिकृतको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्।

प्रदेश २ को राजधानी जनकपुर देखि १६ किमि उत्तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं। ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेस साहको घरमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका छोरा २४ वर्षीय आनन्द साहको घटना स्थलमै मृत्यु भएको हो।

सोहि विस्फोटमा परि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्चार्ज प्रहरी निरिक्षक अमिर कुमार दाहालको उपचारको लागि अस्पताल लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विस्फोटमा परी राजेश साहको कान्छो छोरो १४ वर्षीय प्रकाश साह, छोरी २२ वर्षीया निक्की कुमारी साह र बुबा ७३ वर्षीय भिखारी साह घाईते भएका छन् भने प्रहरी जवान रिजनाथ कुमार महतो घाईते भएको ङ्वाङ ल्हाक्पा शेर्पाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्