सोलुखुम्बुको पर्यटकीय स्थल ‘पत्ताले डाडाँ’मा हिउँले भयो सेताम्मे (फोटो फिचर)



२८ मङ्सिर २०७६,सोलुखुम्बु

सोलुखुम्बुको पर्यटकीय स्थल ‘पत्ताले डाडाँ’मा हिउँले सेताम्मे बनेको छ ।

जिल्लाकोे माथिल्लो भेग खुम्बु क्षेत्र सहित तल्लो क्षेत्र पिके डाडाँ, लामजुरा,पत्ताले डाडाँमा आज बिहानदेखि हिमपात भएपछि चिसो बढेको छ ।

अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँमा विद्यालय समेत  बन्द रहेको छ ।

पश्चिमी वायुको प्रभावले बिहानदेखि देशका उच्च पहाड र हिमाली भूभागमा हिमपातसँगै पिकेको तल्लो क्षत्रे ङाउर,गुम्बा डाडाँ, गेप्चुका लगयातका ठाउँहरुमा चिसो बढेको कारण स्थानीय जनजीवन प्रभावित भएको स्थानीयबासीहरुको भनाई छन् ।
फोटो फिचर:

                                                                                                           तस्वीर श्रोतः आभा पोष्ट

 

प्रतिक्रिया दिनुहोस्