धनुषामा बम विस्फोट हुँदा प्रहरीसहित ३ को मृत्यु, २ गम्भीर घाइते



२८ मंसिर २०७६, काठमाडौं

धनुषाको थिरेश्वरनाथ नगरपालिका ५ स्थित औषधि व्यवसायी राजेश शाहको घरमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ। यस्तै २ जना घाइते भएका छन्।

गएराति भएको विस्फोटमा एक प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर शाहले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यवसायी राजेश शाह र उनका छोरा रहेका छन्।

विस्फोटमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको भने उपचारका क्रममा शनिबार बिहान ६ः५० मा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पुष्टि गरे। राजेश शाहले आफ्नो घरमा बम राखेको थाहा पाएपछि प्रहरी निरीक्षक दाहाललाई बोलाएका थिए।

विस्फोटमा परि राजेश शाहका एक छोरा र एक छोरी घाइते भएका छन्। बम कसले र किन राख्यो भन्ने विषय पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान थालेको बताइएको छ।

सांकेतिक/फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्