पिकनिकमा जाँदै गरेको बस दुर्घटना, २२ जना विद्यार्थी घाइते (फोटो फिचर)



२७ मङ्सिर २०७६, भक्तपुर

भक्तपुरमा बस दुर्घटना हुँदा २२ जना विद्यार्थी घाइते भएका छन् ।

शुक्रबार मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ जना विद्यार्थी घाइते भएका हुन् ।

साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा २ जना विद्यार्थी गम्भीर घाइते भएका छन् । अन्य २० जना घाइते खतरामुक्त रहेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइतेमध्ये दुई जनाको भक्तपुर अस्पतालमा र २० जनाको सल्लाघरीस्थित डा। इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्