
२७ मंसिर २०७६, काठमाडौं
रत्ननगर नगरपालिका २ टाँडीस्थित राजमार्गमा सह–चालकले हाँकेको बस पल्टिँदा १७ जना घाइते भएका छन्।
बाराबाट काठमाडौंतर्फ गइरहेको ना ७ ख ४७५५ नम्बरको बस बिहीबार राति दुर्घटना भएको हो। ४२ यात्रु सवार बस सह–चालक २६ वर्षीय क्षितिज तामाङले चलाएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये बाराको कलैया–२ का ३५ वर्षीय गौरीशंकर यादव, २१ का २४ वर्षीय रामबाबु यादव, गढीमाइ नगरपालिका–१ का ४४ वर्षीय मनोज शाह र भारत मोतिहारीका १८ वर्षीय खुसीलाल यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
सामान्य घाइते भएका अन्यको भने टाँडीको बकुल्लर सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चालक बनेका सह–चालक भने फरार रहेको बताइएको छ।
सांकेतिक तस्वीर





