प्रचण्ड प्रतिवेदन लेखनमा व्यस्त, रोकियो सचिवालय बैठक



२७ मंसिर २०७६, काठमाडौं

शुक्रबार बोलाइएको नेकपा सचिवालय बैठक स्थगित भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २९ मंसिरदेखि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रतिवेदन लेखनमा व्यस्त भएपछि सचिवालय बैठक स्थगित भएको हो।

‘अध्यक्षज्यू प्रतिवेदन लेखनमा व्यस्त हुनुहुन्छ, त्यसैले आजको बैठक स्थगित भएको छ। बैठक भोलि बस्छ।’ प्रचण्डका प्रेस सहयोगी बिष्णु सापकोटा जुगलले बताए। १ वर्षपछि बस्न लागेको स्थायी समिति बैठकमा पार्टी विधान संशोधनको प्रस्ताव राख्ने तयारी छ।

प्रचण्डले पार्टीको कार्यदिशा परिवर्तन गर्ने र उपाध्यक्ष पद थप्ने गरी विधान संशोधनको प्रस्ताव ल्याउन लागेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्