१ सय ९० राष्ट्र सहभागी सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार



२६ मंसिर २०७६, काठमाडौं

स्पेनको राजधानी म्याड्डिमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलन ९कोप २५०मा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गरिएको छ ।

सम्मेलनमा भाग लिन एक सय ९३ देशका करिव ३० हजार प्रतिनिधीबिच नेपाल चिनाउने भिडियो, पोष्टर, पोष्टकार्ड लगायत विभिन्न सामग्री मार्फत नेपालको पर्यटन प्रवद्र्धनमा जोड दिईएको थियो ।

सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधीहरुबीच स्पेनका लागि नेपाली दूताबास र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको संयुक्त आयोजनामा छुट्टै छलफल कार्यक्रमसमेत आयोजना गरिएको छ । यो जलवायु परिवर्तनसम्बन्धी मुद्दामा छलफल गर्ने संयुक्त राष्टसंघको एउटैमात्र आधिकारिक र ठूलो सम्मेलन हो ।

सम्मेलनमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, राजदूत दावाफूटी शेर्पा, योजना आयोगका सदस्य डा। केपी ओलीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपाल घुम्ने देशहरुको सबैभन्दा माथिको सूचीमा भएकाले सबैलाई त्यहाँको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सुन्दरता हेर्न नेपाल आउनका लागि आग्रह गरेका थिए । नेपालले विश्वलाई देखाउने धेरै चमत्कारिक परिवर्तन गरेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धन अहिलेको प्रमूख प्राथमिकताको कार्यक्रम रहेको मन्त्री बस्नेतले बताए ।

राजदूत शेर्पाले नेपाल घुम्न आउने पर्यटकलाई स्वागत गर्न नेपाली समुदाय संधै आतुर रहने बताउदै भ्रमण वर्ष २०२० मा सरकार तथा नीजि क्षेत्रले समेत विभिन्न अफर ल्याएको जानकारी दिए । उनले नेपाल घुम्नका लागि आउन र यसको प्रचारका लागि विश्वभरीका सहभागीलाई नेपाललाई सघाउन उनले आग्रह आग्रह समेत गरे ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का सञ्चार तथा प्रवद्र्धन संयोजक पिताम्बर सिग्देलले २०२० का लागि तय गरिएका आकर्षक कार्यक्रम ९लाइफ टाइम एक्पिरियन्स० को जानकारी समेत दिएका थिए । संयोजक सिग्देलले नेपालको बहुपक्षीय सुन्दरता तथा नेपालीहरुको आतिथ्यता अनुभूती गर्नका लागि भएपनि एक पटक नेपाल पुग्नै पर्ने बताउदै सबैलाई आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्