
२६ मंसिर २०७६, काठमाडौं
दोश्रो त्रि-ज्योति ‘सेभेन ए साईड अन्डर १६’ फुटबल प्रतियोगिता कार्यक्रम हुने भएको छ ।

मंसिर २६ गतेबाट पुस ०६ गते सम्म हुने सेभेन ए साईड अन्डर १६ फुटबल प्रतियोगितामा भ्याली भित्रका २५ वटा विद्यालयका २६ वटा टीम सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

त्रि-ज्योतिका प्रधानाध्यापक गणेश कुमार मिश्रले विद्यालयबिच आपसी भाईचाराको सम्बन्ध राख्न खेलको आयोजना गरिएको बताउदै नेपाली खेलाडीलाई विश्वसामु चिनाउन यो प्रतिश्पर्धा गरिएको बताएका थिए । आयोजक त्रि-ज्योति खेलको माध्यम मात्र भएको बताउदै यो खेल समाजको लागि खेलाईएको जनाए ।
प्रतिश्पर्धामा प्रथम, द्वितिय र तृतिय टिमलाई मेडल, शिल्ड र प्रमाणपत्र दिने कार्यक्रम संचालक भाईस प्रिन्सिपल राजिप खड्काले जानकारी दिए । फुटबल प्रतियोगिता आकाशेधारा स्थित ह्याण्डबल चौरमा हुने भएको छ ।





