अमेरिकाको जर्सी शहरमा गोलीबारी, पुलिससमेत ६ जना मारिए



२५ मंसिर २०७६, काठमाडौं

अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक पुलिस अधिकारीसमेत ६ जनाको ज्यान गएको छ ।

शहरका मेयर स्टिवन फुलपका अनसार दुई अन्य पुलिसकर्मी घाइते भएका छन् । शहरको ग्रीनविले इलाकामा लगभग एक घण्टासम्म दुईतर्फी गोलीबारी भयो । जर्सी शहर हडसन नदीको अर्कोतर्फ छ । हडसन नदीको एकातर्फ न्यूयोर्क शहर छ ।

गोलीबारी गर्ने को थिए र उनीहरुको यस पछाडिको उद्देश्य के थियो भन्नेबारे केही निश्चित जानकारी आइसकेको छैन । तर अधिकारीले यो चरमपन्थी हमला नभएको अनुमान गरेका छन् । स्थानीय मिडिया अनुसार गोलीबारीको सुरुवात एउटा पसलबाट भयो जहाँ दुई संदिग्धले बन्दुक लुकाएर राखेका थिए ।

मारिएका पुलिसकर्मी ३९ वर्षका जोसेफ सील्स थिए । उनी पछिल्लो १३ वर्षदेखि जर्सी शहरको पुलिसको सेवामा थिए । जर्सी शहरका पुलिस प्रमुख माइक केलीले स्थानीय समयानुसार दिउँसो १२ बजे आसपास गोलीबारीको सुरुवात भएको जानकारी दिएका छन् ।

जोसेफ सील्सले दुई संदिग्धलाई पक्राउ गर्ने कोसिस गर्नेबेला मारिएको बताइएको छ । दुबै संदिग्ध एउटा ट्रकमा भागेको र नजिकैको सुपरमार्केटमा गएर लुके । उनीहरुले पसलभित्र गएर पुलिसमाथि गोली चलाइरहेको बताइन्छ ।पुलिसका अनुसार हमलाकर्तासँग भारी राइफल थिए र सयौं राउन्ड गोली थिए । पछि स्वेटजस्ता विशेष पुलिस दललाई बोलाइयो जसले संदिग्धलाई मारे । पसलभित्र तीनजना मारिए । पुलिसका अनुसार पसलभित्र मारिएका मानिसहरुको मृत्यु हमलाकर्ताको गोलीका कारण भएको हो ।

प्रतिक्रिया दिनुहोस्