बूढानीलकण्ठ नगरपालिका र चाङ्चियाजि नगरबीच भगिनी सम्बन्ध कायम



२४ मंसिर २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका र चीनको चाङचियाजि नगरबीच भगिनी सम्बन्ध कायम भएको छ।

Silk Urban Alliance (रेशमी मार्ग अन्तर्गतका शहरहरु) को सम्मेलनमा नगर प्रमुख उद्धव खरेल र चाङचियाजि नगरको तर्फबाट लिउ क्व आनले भगिनि सम्बन्ध (Sister City ) कायम गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भगिनि सम्बन्ध कायम गर्दा नगर प्रमुख खरेलले नगरपालिकाको तर्फबाट चिनो स्वरुप सम्पदाहरुको पुस्तक, बुद्धको मुर्ति, ‘नेपाल चीन सम्बन्धका आयाम’ पुस्तक र नेपालको झण्डा लगायत सामाग्री प्रदान गरेका थिए ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात नगरप्रमुख खरेलले भने, ‘यस सम्झौताले बूढानीलकण्ठ नगरपालिका मात्र नभई अन्य नगरपालिकाहरुका बिचमा समेत अन्तराष्ट्रिय सम्बन्ध कायम गर्ने ढोका खुलेको छ । यस अघि पनि हाम्रो नगरपालिकाले जापानको नगरसँग भगिनि सम्बन्ध राख्न प्रयास गरेको थियो तर हस्ताक्षर हुन सकेको थिएन। नेपाल चाइना एकेडेमीको सहजिकरणमा भएको भगिनि सम्बन्ध कायम गर्ने कार्यक्रममा यस पटक भने हस्ताक्षर नै भएको छ।’

चीनको हुनान प्रान्तमा भईरहेको कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख खरेल मात्र सहभागी भएका छन्। छिमेकी राष्ट्रको नगरसँग गरेको भगिनी सम्बन्धले पर्यटन बर्ष २०२० मा बूढानीलकण्ठ नगरपालिकामा चिनियाँ पर्यटकको आगमन हुन सक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्