
२४ मङ्सिर २०७६, काठमाडौं
बेलायतकी ७३ वर्षे वृद्धा रोजी स्वेल पोप कम्मरमा ट्रली बाँधेर बेलायतबाट दौडेरै नेपाल आउँदैछिन् । उनले १२ देश पार गर्दै दौडेरै नेपाल आउँदैछिन् उनी च्यारिटीमार्फत् भूकम्प पीडित परिवारलाई मद्दत गर्न चाहन्छिन् । रोजीका अनुसार उनले सन् २०१८ मा ‘रन रोजी रन’ अभियानअन्तर्गत संसारभरी दौडन सुरु गरेकी थिइन् ।
उनले टर्की हुँदै काठमाडौंको यात्रा गर्न लागेको इन्स्टाग्राममा जानकारी दिएकी छिन् । उनी हरेक दिन २० किलोमिटर दौडन्छिन् । उनी एक ट्रली बाँधेर दौडिन्छिन् जसमा उनलाई आवश्यक पर्ने सामान राखिएका हुन्छन् ।
उनले सन् २००४ मा च्यारिटीका लागि पैसा जुटाउनका लागि संसारभरी दौडिएकी थिइन् । सन् २०१५ मा उनी अमेरिकाभरी दौडिइसकेकी छिन् । उनले १७ फिटको डुङ्गामा यूकेदेखि यूएससम्मको यात्रामा गरेकी थिइन् । उनले आफ्नो दिवंगत श्रीमान् क्लाइवको सम्मानमा न्यूयोर्कबाट सान फ्रान्सिस्कोसम्म दौडिइसकेकी छिन् । क्लाइवको निधन प्रोस्टेट क्यान्सरका कारण भएको थियो । एजेन्सी…





