डा.केसी जसले बच्चालाई जन्म दिइन् र आफै संसारबाट सधैंका लागि बिदा भइन्!



२४ मंसिर २०७६, काठमाडौं

एक सुत्केरीको महिलाको निधनको बिषयलाई लिएर चितवनको भरतपुर अस्पतालमा अहिले तनाव सिर्जना भईरहेको छ। अस्पतालको लापारवाहीका कारण महिलाको निधन भएको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन्।

केहि दिन अगाडि गोरखा जिल्ला पालुङटार–९, मिर्कोट घर भएकी हाल सोलुखुम्बु जिल्लामा सेवारत २४ वर्षीया कल्पना केसीको सुत्केरीको लागि भएको अप्रेसनपछि पेटमा थप पीडा हुँदा अकालमा उनको उनको मृत्यु भएको हो।

बिरामी केसीले बारम्बार डिउटीमा खटिएका नर्सहरुलाई डाक्टर बोलाइदिन अनुरोध गर्दा पनि समयमा नबोलाएका कारण उनको निधन भएको भन्दै परिवारले दःख व्यक्त गरेका छन्। बेडमा रहेकी कल्पनाले मलाई निकै गार्हो भएको छ डाक्टर बोलाइदिनु न भन्दा पनि नर्सहरुको अटेरले गर्दा कल्पनाले संसारबाट सधैंका लागि बिदा लिन बाध्य भएकी उनको अफान्तजनले बताएका छन्।

दुखाई बढी नै भएपश्चात् उनले नर्सहरुलाई धेरै पटक अनुरोध गर्दा पनि तीन घण्टासम्म पनि नर्सहरुले डाक्टरलाई खबर नदिदा अकालमा उनको मृत्यु भएको हो।

रातको १२ बजेपश्चात् उनलाई निकै पिडा भएपछि बिरामी आफैँले डाक्टर बोलाउन आग्रह गरेकोमा नर्सहरुले भने बिहान ३ बजे मात्रै डाक्टर बोलाएका थिए। नर्सले समयमै डाक्टरलाई खबर नगरेका कारण घटना भएको पीडित पक्षको भनाइ छ।

बच्चाको भने हाल नारायणी सामुदायिक अस्पतालमा एनआईसीयू कक्षमा उपचार भइरहेको छ। पुस ५ गते बच्चा जन्मने मिति तोकिए पनि मंसिर १६ गते नै एम्बुलेन्समार्फत बिरामीलाई काठमाडौं हुँदै भरतपुर अस्पताल ल्याइएको थियो। भरतपुर अस्पतालमा राम्रो सुत्केरी सेवा छ भन्ने विश्वासले काठमाडौं छोडेर पनि यहाँ ल्याएको आफन्तको भनाइ छ।

उच्च रक्तचापबाट पीडित बिरामीको नियमित औषधी सेवनबाट सुत्केरी गराउन हुने भनी डाक्टरकै सल्लाहमा बिहिबार राति ११ बजे अप्रेसन गरिएको थियो। अप्रेसन सफल भई पोस्टअप वार्डमा सुत्केरी राखिएको र एनआईसीयू बेड सरकारी अस्पतालमा नहुँदा बच्चालाई नारायणी सामुदायिक अस्पताल लगिएको स्त्रीरोग विभाग प्रमुख डा. सुनिलमणि पोखरेलले बताए। मुटुमा सहजरुपमा रक्तसञ्चार हुन नसक्दा सुत्केरीको निधन भएको उनको भनाइ छ।

नर्सहरुले समयमै डाक्टरलाई खवर नगरेकोप्रति गल्ती स्वीकार गरेको छलफलमा सहभागी आफन्तले बताए। आफन्तले समयमै डाक्टर नबोलाई उपचार गराउने नर्सहरुलाई तत्काल निलम्बन गरी घटनाको विस्तृत अनुसन्धान गर्नुपर्ने बताए। जवाफमा मेसु डा. तिवारीले बच्चाको सबै उपचार अस्पतालले गर्ने र पीडित पक्षसमेत सहभागी भएको एउटा अध्ययन समिति बनाउने भनी निर्णय गरेपछि सहमति बनेको थियो।

सुत्केरी भएर ज्यान गुमाएकी कल्पना आफै भेटेरियन डा. हुन। कल्पनाको मृत्युपश्चात् परिवारमा निकै ठुलो पिडा त छदै छ भने अब भर्खरै जन्मेको शिशुलाई कसरी हुर्काउने भन्ने पनि एउटा ठुलो चुनौती थपिएको छ। शिशुलाई जन्म दिएर आफै यो संसारबाट बिदा भएको समाचार बाहिरीएपछि उनले पढ्ने कलेजका साथीभाईले पनि सामाजिक संजालमा उनको तस्विर राख्दै दुख व्यक्त गर्दै आफु मर्माहित भएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्