कोठाभित्र आमा–छोरीको शव फेला !



२४ मङ्सिर २०७६, पर्सा

पर्साका वीरगञ्ज महानगरपालिका–१२ स्थित सोमबार साँझ आमा–छोरीको शव फेला परेको छ ।

भाडामा बस्दै आएको घरको कोठामा अन्दाजी २२/ २३ वर्षकी महिला र उनको एक/डेढ वर्षकी छोरीको ७/८ दिन अघि नै हत्या गरेको शव फेला परेको छ । बाहिरबाट ताला लगाएको कोठाभित्र आमाछोरीको शव फेला परेको हो ।

प्रहरीका अनुसार उक्त कोठामा एक पुरुष र मृतक दुई जना गरी जम्मा तीनजना बस्दै आएका थिए । मृतक महिला र ती पुरुष पति–पत्नी रहेको बताइन्छ ।पत्नी र छोरीको शव कोठामा कुहिन थालेको अवस्थामा पनि पति फेला नपर्नुले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ । घरबेटीको भनाई अनुसार हामी सम्बन्धित क्षेत्रमा खोजतलास गरिरहेका छौं ।

प्रहरीले दुवै शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पठाएको छ । पोस्टमार्टम रिपोर्टपछिमात्र घटनाबारे थप जानकारी हासिल हुने प्रहरी बताउँछ ।

प्रतिक्रिया दिनुहोस्