अध्ययन भन्छः घाम तापेर पनि बच्न सकिन्छ क्यान्सर, डिप्रेसनबाट!



२३ मंसिर २०७६, काठमाडौं

दिन–प्रतिदिन सबै मानिसको प्यारो ‘घाम’ बन्दैछ। किनभने, अहिले काठमाडौं लगायत सबै ठाउँमा चिसोको सुरुवात भइसकेको छ। त्यसैले अब हामीलाई घाम प्यारो लाग्ने समय पनि आएको छ।

‘घाम’ ताप्दा हामीलाई न्यानो मात्रै हुँदैन। जसबाट हाम्रो स्वास्थ्यमा उत्तिकै फाईदा पनि पुर्याउछ। तर यो कुरा थाहा नहुन सक्छ कि, घाम ताप्दा के फाइदा हुन्छ? यसबाट फाइदा कसरी लिने?

 

 

सूर्यको प्रकाशमा नै क्यान्सरविरोधी तत्व पाईने भएकाले यसले हामीलाई क्यान्सर हुने सम्भावनाबाट पनि बचाउने सम्बन्धित वैज्ञानिकहरु बताउछन्।

शोधहरुका अनुसार जहाँ मानिसहरु कम समय सूर्यको प्रकाशमा बिताउछन्। त्यहाँका मानिसहरुलाई क्यान्सर हुने सम्भावना बढी मात्रामा हुन्छ। यत्ति मात्रै नभएर सुर्यको प्रकाशले हाम्रो रगत सन्चारलाई पनि राम्रो बनाउन सहयोग गर्दछ।

त्यस्तै, शरिरमा सेरोटोनिन नामको हर्मोन कम हुने भएकाले डिप्रेसन हुनबाट पनि सूर्यको प्रकाशले बचाउने विभिन्न अध्ययनले खुलाएका छन्। साथै यसले हामीमा खुसी बढाउने काम पनि गर्दछ।

फेरि, कुन कुरामा चै सचेत रहनुपर्छ भने लामो समय सूर्यको प्रकाशमा बस्दा चाहिँ हामीलाई फाईदा हुँदैन। लामो समय बस्दा चाहिँ एलर्जी हुनका साथै छालाको क्यान्सरसमेत हुनसक्ने अध्ययनले खुलाएको छ।

प्रतिक्रिया दिनुहोस्