डा. भट्टराईको पहल तथा वडाबासीको सक्रियतामा बूनपा २ मा विकासले फड्को मार्दै



२२ मंसिर २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको पहल र वडाको सक्रियतामा बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा विकासले तीब्र गतिमा फड्को मारेको छ ।

परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको पहलमा बूनपा २ को महांकाल भैरव मार्ग सडक निर्माणको लागि उपत्यका विकास प्राधिकरणको सहयोगमा ६० लाख बजेट विनीयोजन गरि २७० मिटर लम्बाई र १४ फिट चौडाईको सडक निर्माणको काम तीब्र गतिमा अगाडी बढेको वडाध्यक्ष राजेन्द्र खड्काले परिवर्तन खबरलाई बताए ।

विगत लामो समयदेखि हिउदमा दुलाम्य र वर्खामा हिलाम्य सडकको कामले गतिलिदा वडावासी हर्शित भएको समेत बूनपा २ का वडाध्यक्ष खड्काले जनाएका छन् । पञ्चकन्या मार्ग निर्माणमा सडक विभागको टेण्डरमा १५ करोड ५० लाख बजेट मार्फत २.२ किमी सडक निर्माणको कामले समेत गति लिएको छ ।

जसमा १८ सय मिटर सडक ढलान गरिने छ भने ४ सय मिटर पिच गरिने वडाध्यक्ष राजेन्द्र खड्काले बताए । पञ्चकन्या मार्ग निर्माणमा समेत डा. भट्टराईको महत्वपूर्ण भूमिका रहेको छ । उक्त सडक निर्माणको अत्यावसेक ठाउँमा ढल व्यवस्थापन गर्न बूढानीलकण्ठ नगरपाललिकाले ३५ लाख बजेट हालेको जनाउदै खड्गाले भने, आवश्यक परेको स्थानमा वडाले ३ वटा पुल निर्माण गर्ने तयारी गरेको छ र त्यसको डिपिआर समेत तयार भएको छ ।

बूनपा २ स्थित कामीटार सडक निर्माणको काममा समेत कतै ढिला नभई भटाभट काम हुँदा वडावासी दंग रहेको कुरा बूनपा २ का वडा सदस्य राजेन्द्र श्रेष्ठले बताए । सडक विभागको टेण्डरमा ३.५ किमी सडक निर्माणको क्रम जारी रहेको छ उनले भने, आवश्यक्ता अनुुसार पिच र ढलान दुबै खाले सडक हामीले वडाको पुर्ण रेखदेखमा निर्माण गर्दै छौ ।

त्यसैगरि बूनपा २ कै ठुलो कालिका पार्कमा डा. राजन भट्टराईको पहलमा सहरी विकासको सहयोगमा २ करोड ५० लाख लागतमा पार्कको सम्रचना निर्माण भएको र भौतिक सम्रचना बन्ने क्रममा रहेको छ । कालिका पार्कको निर्माण सम्पन्न भए पश्चात बूनपामा पर्यटकको आकर्षण समेत बढ्ने कुरामा स्थानीयहरु ढुक्क रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्