यो एक ‘शब्द’ जसले तपाईँको सम्बन्ध सुमधुर बनाउँछ



२२ मंसिर २०७६, काठमाडौं

मानिसहरु सम्बन्धलाई मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन्। मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ। जुन मुठ्ठी खोल्नुभयो भने उडेर भाग्छ। त्यस्तै हो ‘सम्बन्ध’ पनि।

एक–अर्कालाई केरकार बढी गरियो भने भित्र-भित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुँदैन।

त्यसैले, ‘जीवन’ जत्ति संवेदनशील छ ‘सम्बन्ध’पनि उत्तिकै छ।

आजभोलीका सम्बन्धहरु नाजुक बन्दै गइरहेका छन्। प्रविधि र विज्ञानको विकासले मानिसलाई अनावश्यक र तनावतिर डोर्याइरहेको छ। मानिसहरु के कारणले सम्बन्धमा दरार आउँदै छ भन्ने कुरातर्फ कहिल्यै ध्यान दिदैनन्। तर सम्बन्ध बिग्रिएकोमा भने गुनासो गर्दै हिँड्छन्।

एक अध्ययनका अनुसार, सम्बन्धमा तिक्तता आउनुको मूख्य कारण एक–अर्काबीचको संवाद हो। मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ। उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्। ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने पत्ता लाग्ने अध्ययनले खुलाएको छ।

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्दछन्। ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ। ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महशुष गर्ने बताइन्छ।

 

उक्त अनुसन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो। जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए। अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो।

अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन्। ति व्यक्तिहरु निकै खुशी भएको पाइयो। वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन्। उनीहरु आफ्ना पार्टनरको निकै ख्याल राख्ने पनि गर्दछन्।

जुन जोडिहरु एक–अर्कालाई पाएकोमा निकै खुशी महशुष गर्दछन्। र सम्बन्धमा सधैँ न्यायोपन ल्याइराख्छन्।

प्रतिक्रिया दिनुहोस्