शारीरिक सम्बन्ध राखेपछि के सोच्छन् पुरुष? यसो भन्छन् अनुसन्धानकर्ताहरु



२२ मंसिर २०७६, काठमाडौं

एउटा सम्बन्ध जोगाउनको लागि जत्ति एक अर्काबीच प्रेम जरुरी छ त्यति नै जरुरी छ एक अर्कासँग नीजि पल विताउनु। जसमा शारीरिक सम्बन्ध राख्नु पनि सामान्य नै मानिन्छ। जसले सम्बन्धमा थप मिठास ल्याउँने काम गर्दछ।

तर जुन कुरा एक अनुसन्धानले यसलाई प्रमाणित गरेको छ। अनुसन्धानले माथिको भनाईभन्दा फरक नै देखाएको छ। अनुसन्धानका अनुसार, शारीरिक सम्बन्ध राखेपछि पुरुषहरु दुः खी हुन्छन्।

यो अनुसन्धान जर्नल अफ सेक्स र म्यारिटल थेरापीमा प्रकाशित भएको थियो। जसअनुसार, महिलाहरु जस्तै पुरुष पनि पोस्ट–कोइटल डिस्फोरियाबाट ग्रसित हुन्छन्। पीसीडी (पोस्ट–कोइटल डिस्फोरिया) यस्तो बिरामी हो। जुन व्यक्तिको भित्र शारीरिक सम्बन्ध बनाएपछि उदासी, चिन्ता, चिडचिडाहट र रिस पैदा हुन थाल्छ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार यस्ता गुनासाहरु महिलामा पाइन्थ्यो। तर, पुरुषहरुमा पनि यस्ता भावनहरु पैदा हुने पहिलो पटक अनुसन्धानले पत्ता लागाएको छ।

यस अनुसन्धानमा संलग्न जोएल म्याकज्कोविएकका अनुसार रिसर्चको लागि अनलाइन सर्वेक्षणको माध्यमबाट अस्ट्रेलिया, अमेरिका, यूके, रुस, न्यूजील्याण्ड, जर्मनी र अन्य देशका गरी १२०८ पुरुषलाई सहभागी गराइएको थियो।

अनुसन्धानका नतिजाअनुसार चालिस प्रतिशत पुरुषले आफ्नो पूरै जीवनमा पीसीडीको अनुभव गरेको स्वीकार गरे भने बीस प्रतिशतले चार हप्तामा पोस्ट–कोइटल डिस्फोरियाको प्रभाव महसुष गरेका थिए।

प्रतिक्रिया दिनुहोस्