कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४० पुग्यो



२२ मंसिर २०७६, काठमाडौं

भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

पुलिसले मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ। ‘हामीले ५० जनालाई उद्धार गरिसकेका छौं,’ एएफपीले दिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीलाई उद्धृत गरेको छ।

मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ। पाँच तले भवनमा सुतिरहेका कामदारहरु आगलागीमा परेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्