भारतीय सेनाको क्याम्पभित्रै चल्यो गोली, ६ को मृत्यु



२१ मंसिर २०७६, काठमाडौं

भारतको छत्तिसगढस्थित नारायणपुर जिल्लामा रहेको एक क्याम्पमा गोली चल्दा ६ जवानको मृत्यु भएको छ।

अरु दुईजना घाइते भएका जनाइएको छ। घटना भएको उक्त क्षेत्र माओवादी प्रभावित क्षेत्र हो। तिब्बतसँगको सीमा प्रहरी बलको क्याम्पमा यस्तो घटना भएको हो।

मसुद उल रहमान नामका जवानले गोली चलाएको जिल्लाका एसपी मोहित गर्गलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ। रहमान पश्चिम बंगालका स्थायी बासिन्दा हुन् ।

स्थानीय मिडियाका अनुसार बटालियनभित्र विवादपछि रहमानले स्वचालित हतियार अन्धाधुन्ध चलाएका थिए। गोली प्रहारपछि रहमानले आफैँलाई पनि गोली हानी आत्महत्या गरेको बताइएको छ।

यद्यपि गोली प्रहारको कारण अझै नखुलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्