केटाको खडेरी, केटीहरुबाट सामूहिक बिहेको अपिल!



२१ मंसिर २०७६, काठमाडौं

बैंस छ, उमेर छ अनि रुप पनि छ। तर, विडम्बना शहरभरि चहार्दा पनि बिहेका लागि केटा नै पाइँदैन।

यो समस्या हो, ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको। उमेर ढल्किँदै गइसक्यो तर बिहेका लागि एउटा पनि केटा नपाएपछि शहरभरिका केटीहरु अहिले सामूहिक रुपमा केटा पाउँ भन्दै हार–गुहार गरिरहेका छन्।

अहिले कोर्डेरियो शहरमा एकजना पनि अविवाहित पुरुष छैनन्। तर, ६ सय भन्दा बढी बैंसले धपक्क बलेका युवतीहरु अविवाहित छन्। समाचार माध्यममा जनाइएअनुसार ती मध्ये अधिकांश ३५ वर्ष मुनिका नै रहेका छन्।

केटा नपाएपछि अहिले उनीहरु अविवाहित केटाहरुलाई आफूसँग सम्बन्ध गाँस्न सामूहिक अनुरोध गर्दै आएका छन्। तथ्यांकअनुसार समग्र ब्राजिलमा भने एक सय जना महिलाको भागमा ९८ जना मात्र पुरुष पर्छन्।

त्यसो त यो समस्या ब्राजिलको कोर्डेरियो शहरको मात्रै होइन। रुसका केही स्थानमा पनि हालत यस्तै छ। त्यहाँ पनि केटीहरुको भन्दा केटाहरुको संख्या निकै कम छ। जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नुपर्ने अवस्थामा छ।

उता भिक्टोरियामा पनि एक सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन्। अर्थात् पुरुषभन्दा ६० हजार बढी महिला छन्। त्यहाँ पनि युवतीलाई पुरुष भेट्टाउन हम्मे–हम्मे पर्छ।

तर छिमेकी राष्ट्र चीनमा भने महिलाको संख्या कम छ त्यहाँ अहिले विस्तारै एकल पुरुषहरुको संख्या बढिरहेको छ। केही अध्ययनअनुसार भविष्यमा चीनका २५ प्रतिशत पुरुषले कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्