चीनमा बाइबल जलाइयो, चर्च भत्काइयो[भिडियो हेर्नुस्]



२१ मंसिर २०७६, काठमाडौं

चीनले बाइबल जलाउन तथा चर्च हटाउन थालेको छ।

निचियाँ प्रहरीले राष्ट्रपति सी चिनफिङको ठाडो आदेशमा चर्चहरु भत्काइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

चीनमा पछिल्लो समय वार्षिक १० प्रतिशतका दरले क्रिस्चियनको संख्या बढी रहेको न्यूयोर्कस्थित एक संस्थाको अध्ययनले देखाएको छ।

केही समय अघि चीनको साङ्सी प्रान्तको ‘दि गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च’ सशस्त्र प्रहरीले भत्काइदिएको थियो। ‘दि न्यूयोर्क टाइम्स’का अनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरेर चर्च भत्काइदिएको समाचारमा उल्लेख गरेको छ।

समाचार अनुसार साङ्सीमा यो लगायत कम्तीमा दुईवटा चर्च भत्काइसकिएको छ। चर्चहरूबाट पश्चिमी प्रभाव र क्रिस्चियानिटी फैलने सन्देहमा सी जिनपिङ राष्ट्रपति भएपछि चर्चहरू भत्काउने वा बन्द गराउने गरिएको समाचारमा उल्लेख छ।

चीनको सरकारी मुखपत्र ‘ग्लोबल टाइम्स’ले भने गैरकानुनी भवनहरू भत्काउने क्रममा चर्च पनि भत्काइएको उल्लेख गरेको छ। गोदाम बनाउने भन्दै चर्च बनाइएको पनि ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ।

चीनमा धार्मिक गतिविधीमा कडाइ गरिएको छ। आधिकारिक स्वीकृती नलिने चर्च र नियम पालन नगर्ने पादरीलाई बेला बेला कारबाही हुँदै आएको छ। यस्ता चर्चलाई ध्वस्त गर्ने र पादरीलाई नियन्त्रणमा लिने घटना चीनमा भइरहन्छन्।

चीनमा बाइबल जलाइने गरिन्छ। चीनको यस्तो कदमको अन्तर्राष्ट्रिय जगतमा बिरोध भएको छ। चीनमा धार्मिक स्वतन्त्रता समेत छैन। त्यहाँ बाइबल जलाए, चर्च भत्काएको विषयको विरोध गर्नेलाई, कुट्ने, जेल हाल्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्