म्याराथनमा नेपाललाई स्वर्ण!



२१ मंसिर २०७६, काठमाडौं

१३ औँ दक्षिण एसियाली खेलकूद(साग)अन्तर्गत ४२ किलोमिटर म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ।

पुरुषतर्फको म्याराथनमा नेपालका लागि किरणसिंह बोगटीले स्वर्ण पदक जितेका हुन्। उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे।

भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते भने भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

म्याराथनमा धावक बैकुण्ठ मानन्धरको नेपाली कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। सन् १९८७ मा भएको तेस्रो सागमा बैकुण्ठ मानन्धरले निर्धारित दूरी २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा पूरा गरेका थिए।

मानन्धरले तीन वटा सागमा म्याराथन दौडमा स्वर्ण पदक जितेका छन्।

प्रतिक्रिया दिनुहोस्