नेकपाको ३ नं. प्रदेश नेतृत्व विशेष जिल्ला अभियानमा जाँदै



२१ मंसिर २०७६, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नं. प्रदेश कमिटीको नेतृत्व प्रदेशभरिका १३ वटै जिल्ला पुगी एकीकृत कार्य योजना सहित परिचालित हुने भएको छ ।

पार्टी एकताको काम सम्पन्न गर्नुपर्ने समय पटक–पटक धकेलिने र उप–निर्वाचनको परिणाम सोचेभन्दा फरक आएको छ । त्यसका साथै पार्टी कार्यकर्तामा असन्तुष्टि बढ्न थालेपछि ३ नं.प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल सहितको प्रदेश कार्यालय कमिटी मंसिर २५ गतेदेखि पुस १० गतेसम्म सम्बन्धित जिल्ला कमिटीको मिटिङमा सहभागी भई प्रदेश कमिटीले तयार पारेको अर्ध वार्षिक योजना कार्यान्वयनको विषयमा दोहोरो छलफल गर्ने बताइएको छ ।

पार्टी एकिकरणपछि पहिलो पटक प्रत्ये जिल्लामा पुगी जिल्ला संगठन कमिटीको कार्ययोजना र प्रदेशको अर्धवार्षिक योजनालाई एकीकृत ढंगबाट कार्यान्वनय गर्ने विषयमा घनिभूत छलफल हुने अध्यक्ष नारायण दाहालले परिवर्तन खबरलाई बताए ।

पार्टी प्रदेश संगठन कमिटीले गरेको योजनाबद्ध तयारी अनुसारको वैठक तालिका :

प्रतिक्रिया दिनुहोस्