साग: गल्फमा नेपाललाई २ स्वर्ण



२० मंसिर २०७६, काठमाडौं

१३अ‍ैं दक्षिण एसियाली खेलकूद(साग) को गल्फमा नेपालले २ स्वर्ण जितेको छ।

गोकर्ण गल्फ कोर्षमा शुक्रबार सम्पन्न सागको खेलमा नेपालले पुरुषको व्यक्तिगत र टिम इभेन्ट्समा स्वर्ण जितेको हो। त्यस्तै, नेपालका लागि शुक्र राईले कास्य पाउँदा महिला टिम इभेन्ट्समा पनि नेपालले कास्य पदक पाए।

व्यक्तिगततर्फ नेपालका सुवास तामाङले स्वर्ण पदक जित्दा बंगलादेशले रजत र नेपालकै शुक्र राईले कास्य पाए। त्यस्तै, पुरुषको टिम इभेन्ट्समा पनि नेपालले स्वर्ण पदक जितेको छ।

नेपालका सुवास तामाङ, शुक्र राई, टंकबहादुर कार्की र निरज तामाङले टिम इभेन्ट्समा स्वर्ण जितेका हुन्। रजत बंगलादेश र कास्य पदक श्रीलंकाले पाएको छ।

त्यस्तै, महिलातर्फकै टिम इभेन्ट्समा नेपालले कास्य पदक जितेको हो। श्रीलंकाले स्वर्ण जित्दा बंगलादेशले रजत पदक जित्न सफल भयो।

महिलातर्फकै व्यक्तिगततर्फ श्रीलंकाले स्वर्ण जित्दा बंगलादेशले रजत र श्रीलंकाले नै कास्य पनि जितेको छ।

प्रतिक्रिया दिनुहोस्