स्कुटर बन्ने आशामा ७ घण्टासम्म बलात्कृत नर्सको कहानी!



२० मंसिर २०७६, काठमाडौं

हैदराबादको एक टोल प्लाजामा २६ वर्षीया पशु चिकित्सक महिलाले आफ्नो स्टुकर पार्क गरेर आफ्नो कार्यमा निस्किन्। उनी आफ्नो कार्य सकेर फर्केर आउँदा उनको स्कुटर पन्चर भएको थियो।

स्कुटर पन्चर भएको देखेपश्चात् त्यही छाडेर उनी ट्याक्सीमा घर जाने निधो गरिन्। जुन बेला रातको ९ बजिसकेको थियो। रात धेरै गइसकेको र डर लागेको भन्दै उनी आफ्नी बहिनीसँग फोनमा कुरा गर्न थालिन्।

आचनक त्यहि बेला एक युवक उनको अगाडि आएर स्कुटर आफूले बनाइदिने बताए। फोनमै ती महिलाले आफ्नी बहिनीलाई यसबारे जानकारी गराइन्। ‘एक जना ट्रक ड्राइभर आएको छ, स्कुटर बनाइदिन्छु भन्छ।’

तर, जुन ड्राइभरको कुरा ती महिलाले भने इन्कार गरिन्। तर पनि ती ड्राइभरले महिलाको पिछा गर्न भने छाडेनन्। त्यसपश्चात् ती महिलाले आफ्नी बहिनीलाई केही समयपछि फोन गर्छु भन्दै फोन काटिन्।

फोन काटेको केहीबेरमै ती डाक्टर महिलाको फोन भने स्वीच अफ भयो। त्यसपश्चात् महिलाको परिवारले उक्त टोल प्लाजामा गएर सोधखोज गर्न थाले। तर, केही फेला पार्न सकेनन्। महिला हराएको भन्दै प्रहरीमा निवेदन समेत दिए।

आचनक २८ नोमेम्बर सुबह पुलिस स्टेशनको सेटमा बनाउँदै गरेको एक पुलको मुनि आधी जलेको अवस्थामा युवतीको शव फेला परेको सूचना आयो। त्यो शव अघिल्लो दिन हराएकी पशु चिकित्सककै हो भन्दै उनका परिवारले सनाखत गरेका थिए। पछि अनुसन्धानबाट ती महिलाको बलात्कारपछि हत्या भएको पुष्टि भयो। घटनाको अनुसन्धानको क्रममा हैदराबाद प्रहरीले चार अभियुक्तलाई पक्राउ गरेका थिए।

सडकदेखि संसद्सम्म विरोधः

–टायर पन्चर भएर अड्किएकी डाक्टरको बलात्कारपछि हत्या

यस घटनाको बारेमा भारतभर बिरोध भइरहेको थियो। सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो।संसदमा बोल्दै सांसद जया बच्चनले भिडले नै दोषीलाई सजाय दिनुपर्ने समेत टिप्पणी गरेकी थिइन्। संसदमै फाँसी दिनुपर्नेसमेत कुरा उठेको थियो।

तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाको सुरक्षित नभएको चिन्ता व्यक्त गर्दै पक्राउ परेका चारै अभियुक्तलाई फाँसी दिनुपर्ने बताएकी थिइन्। उता रक्षामन्त्री राजनाथ सिंहले समेत यस किसिमको घटनाले लज्जित बनाएको बताएका थिए।

चार अभियुक्तको प्रहरी कारबाहीमा मारिएपश्चात् मृत महिलाकी बहिनीले प्रहरीको यो इन्काउन्टर उदाहरण बन्ने प्रतिक्रियादिएकी थिइन्। यवुतीका पिताले पनि प्रहरी इन्काउन्टर उचित रहेको बताउँदै भनेका छन्, ‘तिलंगना सरकार, पुलिस र मेरो साथमा उभिने सबैलाई धन्यवाद।’

–बलात्कारपछि ज्यूँदै जलाउनेलाई प्रहरीले गोली ठोकि मार्‍यो!

सात घण्टा रक्सी पिएर बलत्कारः

अभियुक्तहरुले रक्सी पिएर ती महिलालाई सात घण्टासम्म बलात्कार गरेका थिए। मारिएका चारै जना ट्रक ड्राइभर हुन्। एक जनाको उमेर २६ वर्ष छ भने बाँकी तीनै जना २० वर्षभन्दा मुनिका छन्।

भारतमा बलात्कारका घटना डरलाग्दो रुपमा देखापर्दै आएका छन्। उत्तर प्रदेशमा गत मार्चमा बलात्कार भएपछि उजुरी दिन अदालत जान लागेकी महिलामाथि आगो लगाइएको थियो। उनी अहिले अस्पतालमै उपचाररत छिन्।

सन् २०१२ को डिसेम्बरमा दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएको थियो। सन् २०१७ को तथ्याङ्क अनुसार भारतमा दैनिक ९२ वटा बलात्कार घटना सार्वजनिक हुने गरेका छन्। २०१७ मा मात्रै ३३ हजार ६ सय ५८ वटा बलात्कार घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्