सिद्धबाबाको ७ दिन हिरासतमै, बयान पनि अस्पतालबाटै



२० मंसिर २०७६, काठमाडौं

बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा उर्फ कृष्णदास गिरीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

पहिलोपटक अदालतले दिएको चार दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई शुक्रबार जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।

अदालतका न्यायाधीश खिमानन्द भुषालले सात दिन हिरासतमा राख्न अनुमति दिएका थिए। कृष्णदास विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिनमा छन्।

प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ।

गत ४ कार्तिकमा गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। यद्यपि उनले भने, आफूलाई षड्यन्त्रमा पारिएको दावी गरिरहेका छन्।

फाइल तस्वीर

Related news:

आफ्नै अनुयायी बलात्कारको आरोपमा आईसीयूबाटै पक्राउ परे सिद्धबाबा कृष्णदाश महाराज

सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

प्रतिक्रिया दिनुहोस्