ट्रम्पविरुद्ध महाअभियोग लगाउन पर्याप्त प्रमाण!



२० मंसिर २०७६, काठमाडौं

अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउन पर्याप्त प्रमाणहरु रहेको दावी गरेको छ।

संसदकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउनुको विकल्प नभएकोसमेत स्पष्ट पारेकी हुन्। डेमोक्रयाट्सहरुले ट्रम्पले राजनीतिक स्वार्थका लागि आफ्ना प्रतिद्वन्द्वमाथि छानबिन गर्न युक्रेनमाथि अनावश्यक दवाव दिएको आरोप लगाएका छन्।

उनीहरुले ट्रम्पले पदीय दुरुपगोग गरेर युक्रेनलाई दवाव दिएको प्रशस्त प्रमाण संकलन भएको दावी गरेकी हुन्। क्यालिफोर्नियामा पत्रकार सम्मेलन गरेर सभामुख पेलोसीले ट्रम्पले राष्ट्रिय सुरक्षानीति विपरित युक्रेनमाथि दवाव दिएको पुष्टि भएको बताइन्।

उनले राष्ट्रियता र आन्तरिक सुरक्षा कमजोर बनाउन राष्ट्रपति नै लागिपरेकाले महाअभियोग लगाएर पदमुक्त गर्नुपर्ने तर्कसमेत गरिन्। यो वर्षको अन्तिममा महाअभियोगमाथि संसदमा मतदान हुने बताइएको छ।

ह्वाइट हाउसले भने डेमोक्र्याटहरुको कमदमप्रति कटाक्ष गर्दै ट्रम्पमाथि लगाइएको आरोप आधारहिन भएकाले पछुताउनुपर्ने प्रतिक्रिया दिएको छ।–एजेन्सी

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्