बलात्कारपछि ज्यूँदै जलाउनेलाई प्रहरीले गोली ठोकि मार्‍यो!



२० मंसिर २०७६, काठमाडौं।

भारतको हैदरावादमा बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले गोली हानेर मारेको छ।

अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो। ती डाक्टरको बलात्कार र हत्या अभियोगमा प्रहरीले चार जनालाई हिरासतमा लिएको थियो।

शुक्रबार बिहान अनुसन्धानका लागि चारै जनालाई शव भेटिएको स्थानमा लगिएको थियो। घटनास्थलमा पुगेपछि ती अभियुक्तले प्रहरी अधिकारीको हतियार खोसेर भाग्न खोजेकाले प्रहरीले गोली हानेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

प्रहरीको गोली लागेर चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा दुई जना प्रहरीहरू पनि घाइते भएको जनाइएको छ। गत साता ती डाक्टरका परिवारले छोरी हराएको खबर गरे पनि तत्काल कदम नचालेको भन्दै तीन प्रहरीलाई निलम्बन गरिएको थियो।

भएको के थियो?

हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी अघिल्लो बुधबार अस्पतालबाट घर फर्किँदै थिइन्।

उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो। त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ। रात परिसकेको थियो। नजिकै वर्कसप थिएन। उनी त्यहीँ अड्किएकी थिइन्।

related news:

टायर पन्चर भएर अड्किएकी डाक्टरको बलात्कारपछि हत्या

प्रतिक्रिया दिनुहोस्