मेलम्ची प्रशोधन केन्द्रः पुसभित्र सक्न निर्देशन



२० मङ्सिर २०७६, काठमाडौं

खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

उनले बिहीबार निर्माणस्थल निरिक्षण गरी दोस्रो प्रशोधन केन्द्र छिटो सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी हुन् । दोस्रो प्रशोधन केन्द्रको काम अन्तिम चरणमा छ ।

सुन्दरीजलमा बनिरहेका दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भइसकेको छ । अर्को अन्तिम चरणमा छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीमध्ये साढे आठ करोड लिटरका दुइवटा प्रशोधन केन्द्र सुन्दरी जलमा बनेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्