क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण



१९ मङ्सिर २०७६, काठमाडौं

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।

काठमाडौंको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जित्नुभयो । उहाँले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात जित्नुभएको हो । मगरले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्ड समय लगाउँदै पूरा गर्नुभयो ।

साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जित्नुभएको थियो । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जित्नुभयो । उहाँले १ मिनेट ३५.५२ सेकेण्डमा खेल पूरा गर्नुभयो । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पार्नुभयो । उहाँले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गर्नुभयो । यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्