
१९ मंसिर २०७६, धरान
धरान र पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दशौं संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पुर्वको बिभिन्न शहरका युवतीहरु छनोट भएका छन् ।
अनलाइन फर्म, धरान, इटहरी र बिराटनगरको बिभिन्न कलेजहरुमा कलेज एक्टिभेसन र धरानमा गरिएको अडिशनबाट छानिएका युवतीहरुलाई गत साता देखिको ग्रुमिङ क्लास, फोटोग्राफी र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको रुपमा छनोट गरिएको हो ।
धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशी बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु, रतुवामाई (इटहराबाट बिपना तामाङ्ग, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट सुदिक्षा बिश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल, खोटाङ्गबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई, रेजिना राई, धनकुटाबाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम छनोटमा परेका हुन् । प्रिजनी नेपाल मिस इटहरी आइकन २०१९ बिजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिस्चरे २०१९ र एन्जल राई मिस राई २०१९ कि बिजेता हुन् । त्यस्तै अन्य सहभागीहरु पनि मिस एसईई, मिस धनकुटा, मिस पथरी सनिस्चरेमा भाग लिएका र बिभिन्न टाइटल जितेकाहरु छन् ।
कोरियोग्राफर तथा ट्रेनर र भर्खरै मिस कस्मोपोलिटन वर्ल्ड २०१९ कि बिजेता बनेकी प्रियारानी लामाले प्रतियोगीहरुलाई फिनालेको लागि सम्पूर्ण ट्रेनिङ दिनेछिन् ।
प्रतियोगिहरुलाई इपिएस, व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइनेछ ।
सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुती, ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरिया र डिभाइन वाइनको सह–प्रायोजन तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु. दुइ लाख नगद र अध्ययनका लागी युएन कलेजको छात्रवृत्ति पाउने आयोजकले जनाएको छ । मिस पुर्वाञ्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा भब्य रुपमा आयोजना गरिनेछ ।
त्यस्तै फस्ट र सेकेण्ड रनर अपलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कारसँगै छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन, मिस बेस्टवाक लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।
मिस पूर्वाञ्चलको उपाधि यसअघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज,२०१४ मा मोरङकी नेमिता आङबुहाङ २०१५ मा मोरङकी प्रियङ्का श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पुजा श्रेष्ठले जितेकी थिईन् ।





