गर्भ नबस्नुको कारण जान्नुहोस्….



१९ मंसिर २०७६, काठमाडौं

औसतमा जँचाउन आउने २ सय महिलामध्ये दुईजनामा बाँझोपनको समस्या देखिने चिकित्सकहरु बताउँछन्।

त्यसमा धेरैजसोजसमा प्रायः जसो एकजनाको गर्भ नरहनुको कारण पुरुषमा रहेको स्वास्थ्य समस्या देखिन्छ भने ३ जनाको समस्या महिलाकै कारण देखिन्छ। यो आधारमा बाँझोपनको समस्या महिलाको स्वास्थ्यको कारण बढी देखिएको छ।

गर्भ नरहनुको कारण यही हो भन्न सकिन्न। कुनै मानसिक कारणले समेत प्रभाव पार्ने गरेको देखिन्छ भने केही स्वास्थ्यको कारणले समेत गर्भ बस्न सक्दैन। यी दुवै समस्याको समाधानका आ–आफ्नै उपचार पद्धति छन्।

महिलाको प्रजननअंगमा अवरोध भयो भने गर्भ बस्दैन। महिलाको डिम्ब नै ननिस्केको खण्डमा समेत गर्भ बस्दैन। डिम्ब अस्वस्थ भयो भने र नियमित यौन सम्बन्ध भएन भने पनि गर्भ बस्ने सम्भावना रहँदैन।

पुरुषको शुक्रकिट बन्यो तर गर्भ बस्नलाई चाहिने आवश्यक मात्राभन्दा कम शुक्रकिट भयो भने पनि गर्भ रहन्न। यी समस्या समाधानका उपायसमेत छन् । सन्तानको चाहना राख्ने जोडीले डिम्ब निस्किने समय तथा यौन चाहना भएको समयलाई ध्यान दिएर यौन सम्बन्ध राख्दा प्रभावकारी हुनसक्छ।

यसका लागि महिला महिनावारी समयको गणनाले सहयोग पुर्याउन सक्छ। महिनावारी भएको दिनको १० औं दिनदेखि २० औं दिनभित्रको समय बच्चा बस्नका लागि उपयुक्त समय हो। यो समयमा यौन सम्पर्क भए बच्चा बस्ने सम्भावना बढी हुन्छ।

शारीरिक समस्या भएर समेत गर्भ बस्न रोकिएको हुनसक्छ। महिलाको प्रजनन अङ्ग बन्द भएको छ भने वा कतै रोकावट भएर समस्या आएको भए त्यसलाई खोलेपछि गर्भ बस्नसक्छ। महिलाको डिम्ब ननिस्कने समस्या पनि हुनसक्छ। त्यसका लागि परीक्षण आवश्यक पर्छ। डिम्ब ननिस्कनुको कारण पत्ता लगाएर त्यसको उपचार गरेको खण्डमा समेत गर्भ बस्न सक्छ।

यौन सम्पर्क प्रभावकारी नभएमा बच्चा नबस्ने भएकाले प्रभावकारी यौन सम्पर्क आवश्यक छ। कुनै पुरुषमा मानसिक रोगको समस्या छ भने प्रभावकारी यौन सम्पर्क हुन सक्दैन र त्यो बेला शुक्रकिट नै निस्किँदैन र गर्भ बस्न सक्दैन।

गर्मी ठाउँमा काम गर्नेहरुको अण्डकोष तातो भइराखेको हुन्छ। त्यो समयमा शुक्रकिट कम बन्न सक्छ। त्यही भएर (अण्डकोष) चिसो हुनुपर्छ। लामो समय विदेशमा बसेकाको मानसिक कारणले बच्चा जन्माउने क्षमतामा कमी आउन सक्छ। विदेशमा रहँदा एक त यौन सम्बन्ध नै कम हुन्छ।

प्रतिक्रिया दिनुहोस्