नेपालमा मात्रै मधुमेहका बिरामीको संख्या ९.१ प्रतिशत,बिरामी चार गुणाले बढ्दै



१८ मंसिर २०७६, काठमाडौं

आज मधुमेह दिवस। प्रत्येक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ। मधुमेह रोग अग्न्याशय अर्थात् प्यान्क्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन उत्पादन नगर्दा वा शरिरका कोषहरूले इन्सुलिनलाई उचित प्रतिक्रिया नदिँदा हुन्छ।

गत चार दशकमा संसारभरि मधुमेहका रोगीहरू चारगुणाले बढेका चिकित्सकहरु बताउँछन्।

सम्बन्धित विशेषज्ञहरुका अनुसार पछिल्लो समय नेपालमा कम उमेरमै मधुमेह हुने बिरामीको सङ्ख्या बढ्दै गएको छ।

मधुमेह बिरामी बढनुको मूख्या कारण नै सानैबाट खानपानमा ध्यान नदिदा र पर्याप्त व्यायाम नगर्दा यो रोगको जोखिम बढ्न थालेको चिकित्सकहरु बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार नेपालमा मधुमेहका बिरामीको सङ्ख्या ९.१ प्रतिशत देखिएको हो।

पछिल्लो समय कम उमेरमै मधुमेहका बिरामीको सङ्ख्या धेरै हुन थालेकाले जसबाट जोगिनको लागि बालबालिकालाई ‘जङ्क फूड’ को साट्टा प्राकृतिक कुरा खान दिने र मोबाइल तथा कम्प्युटर कम चलाउन दिनुपर्ने सम्बन्धित विज्ञहरु बताउँछन्। त्यसबाहेक बच्चालाई धेरै खानेकुरा कोच्याएर खुवाउनुहुँदैन।

छाला सुख्खा हुने अनि चिलाउने, चिढचिढापन, बारंबार सक्रमण हुने, अंग झनझन हुने वा निदाँउने, अस्वभाविक तौल घट्ने, आँखा धमिलो हुँदै जाने, थकाइ बढ्ने, भोक बढ्ने यी मधुमेहका लक्षणहरु हुन्। जुन लक्षण देखिने बित्तिकै उपचार गरिहाल्नुहोस्।

समयमै उपचार नभए मधुमेहका कारण आँखा नदेख्ने, मृगौला रोग, मुटुरोग लाग्ने, पक्षाघात हुने, खुट्टा काट्नुपर्ने जस्ता जटिलताहरू आउने चिकित्सकहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्