दर्शनार्थी बोकेको गाडी दुर्घटनाः २ को मृत्यु, १६ घाइते



१८ मंसिर २०७६, काठमाडौं

महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको गाडी दुर्घटना हुँदा २ को मृत्यु भएको छ।

यस्तै अन्य १६ जना घाइते भएका बताइएको छ। मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी शाह रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

अठार दर्शनार्थी बोकेर बुधबार बिहान करिब ४ बजेतिर बारामा गढीमाईको दर्शन गरी फर्कंदै गरेको ना २ च ८८५५ नम्बरको पिकअप गढन्ता चोकमा अनियन्त्रित भई सडकभन्दा तल झरी दुर्घटनाग्रस्त भएको हो।

गम्भीर घाइतेमध्ये धनुषाधाम निवासी २७ वर्षीया कविताकुमारी महतोसहित चार जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ।

अन्य १२ जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ।

प्रतिक्रिया दिनुहोस्