[भिडियो] यसरी आकाशमा उड्छन् स्काउटका बालबालिकाहरु!



१७ मंसिर २०७६, काठमाडौं

तस्वीर र भिडियोमा देखिएका बालबालिकाहरु स्काउटमा संलग्न बालबालिकाहरु हुन्।

उनीहरु ‘चारुमती मित्र ओपन स्काउट ट्रयुप क्र्यु’ र ‘बीएमसीए स्कूल’को संयुक्त आयोजनामा संचालन भएको ‘आठौं स्काउट एड्भेञ्चर ट्रेल क्याम्प–२०६८’मा सहभागी हुन काठमाडौं आएका हुन्।

देशभरका करिब ५ वटा स्कूलबाट आएका उनीहरुले १५ वटा साहसिक खेलहरुमा सहभागीता जनाएका थिए।

उनीहरुले बूढानीलकण्ठको बीएमसीए स्कूल नजिकको जंगलमा सुपरम्यान, पाराजम्प, ओमेगा, वाकिङ्ग अन बेम्बो, म्याजिक साइक्लिङ्गलगायतका खेलहरुमा खेलेका थिए।

स्काउट एड्भेञ्चर प्रत्येक वर्ष संचालन हुँदै आएको ट्रेल क्याम्पको प्रचार–प्रसार संयोजक तथा समाजसेवी स्काइ राईले जानकारी दिए।

५ स्कूलबाट सहभागी ३१५ विद्यार्थीहरुका साथमा विद्यालय प्रतिनिधिहरु समेत उपस्थित भएका थिए।

https://www.facebook.com/watch/?v=1188241568034532

प्रतिक्रिया दिनुहोस्