आँधीका कारण २ लाख बढी प्रभावित, विमानस्थल पनि बन्द



१७ मंसिर २०७६, काठमाडौं

मध्य फिलिसिन्समा आएको कमुरी आँधीका कारण २ लाख भन्दाबढी प्रभावित भएका छन्।

आँधीपछि बाढी र पहिरो आउने डरले हजारौं सर्वसाधारणलाई समुद्री तट र हिमाली क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरिएको छ।

लुजोन टापुको दक्षिणी क्षेत्रबाट शुरु भएको आँधी देशको मध्य क्षेत्रतर्फ बढ्दै गएपछि राजधानी मनिलामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललगायत सार्वजनिक यातायात पनि अवरुद्ध भएको बीबीसीले बीबीसीले जनाएको छ।

आँधीका कारण दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरुसमेत प्रभावित भएको र कतिपय उडानलाई अन्यत्रै डाइभर्ट गरिएको अधिकारीहरुले जनाएका छन्। प्रभावित क्षेत्रका विद्यालय तथा सार्वजनिक र सरकारी संस्थानहरु बन्द गरिएको छ।

आँधी एक सय ७५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको बताइएको छ। आँधीका कारण कयौं घर तथा टहराका छाना उडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

फिलिपिन्समा हरेक वर्ष आउने २० भन्दाबढी शक्तिशाली आँधीका कारण हजारौं प्रभावित हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्