जाडो महिनामा छालाको हेरविचार यसरी गर्नुहोस्…



१७ मंसिर २०७६, काठमाडौं

जाडो महिनामा चिसोले छालालाई बिगार्ने गर्दछ। जाडो महिनामा छाला सुख्खा हुनुका साथै अनुहारको चमक उडेर जाने गर्दछ। जाडो महिनामा छालाको रङ फुङ्ग उडेर जाने र सुख्खा हुने गर्छ।

यस्तो मौसममा छाला चिलाउने समस्या बढी मात्रामा हुन्छ। यसले छालामा इन्फेक्सन पनि हुने गर्दछ। आफूले राम्रो क्रिम प्रयोग गर्दा पनि छालामा कुनै प्रकारको परिवर्तन देखिएन भने आफ्नो छालाको टेक्स्चर थाहा पाउनु पर्दछ।

आफ्नो छालाको टेक्स्चर थाहा पाइसकेपछि त्यही अनुसारको ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्दछ। यसले छालाको धेरै समस्या समाधान गर्दछ। जाडोमा अल्कोहल र मिनरल आयल भएको क्रिमको प्रयोग गर्नु हुँदैन। यस्ता खालका ब्युटी प्रोडक्टको क्रिम प्रयोग गर्दा छाला उज्यालो देखिए पनि फाइदाजनक भने हुँदैन।

छालालाई प्राकृतिक रुपमा चम्किलो बनाउन प्राकृतिक ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ। जाडोमा सधैं भिटामिन ई भएको क्रिमको प्रयोग गर्नुपर्छ। जाडो मौसममा धेरै चिसो हुन्छ।

त्यसैले यो समयमा मानिसहरुले हिटरको प्रयोग गर्नुगर्छ तर हिटरले छालाको चिल्लोपनलाई सोसेर छालालाई सुख्खा बनाउने गर्छ। बजारमा पाइने कतिपय कोल्ड क्रिममा अल्कोहल तथा हानिकारक रसायन मिलाइएको हुन्छ। यस्ता क्रिम लगाउँदा छालालाई हानि हुने गर्छ।

जाडो महिनामा नुहाउनु अगाडि प्रिबाथ क्रिम प्रयोग गर्नुपर्छ। यसले छालाको चिस्यानलाई बचाउँछ। जाडो महिनामा मन तातो पानीले नुहाउनु पर्छ । नुहाएपछि शरीरमा कोल्ड क्रिम वा लोसन लगाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस्