
१७ मंसिर २०७६, काठमाडौं
बागलुङको भीमगिठेमा जिप दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
गुल्मीबाट कुलपूजाका लागि बागलुङको निसिखोला जादैँ गरेको ग १ ज ५२१९ नम्बरको जिप बडीगाड गाउँपालिका–७ भीमगिठेबाट बडीगाड खोलामा खसेको थियो।
दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र एक बालक रहेका बताइएको छ।
दुर्घटनामा ३ जना घाइते भएका छन्।
ज्यान गुमाउने अधिकांश एकै परिवारका रहेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टकाअनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जिप दुर्घटना भएको हो।





