सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति



१६ मंसिर २०७६, काठमाडौं

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत, सुनसरीले गिरीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। म्याद थप गरिएपछि उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगिएको बताइएको छ।

प्रहरीले उनलाई पक्राउ गर्न शुक्रबारै अनुमति प्राप्त गरे पनि आइतबार मात्रै गिरीसम्म प्रहरी पुगेको थियो। तर, विरामी भन्दै आईसीयूमा भर्ना भएपछि प्रहरी खाली हात फर्किएको थियो।

उनलाई सोमबार बिहानै ४ बजे पक्राउ गरेर हिरासतमा राखिएको हो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्